‘संविधान मिच्ने परिवर्तनविरोधी पक्ष राजामहाराजा ल्याउन खोज्दैछ, हामी जनताको पक्षमा छौं’


गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो संविधान मिचेर जनताको अधिकार खोस्ने परिर्वतनविरोधी पक्षले देशमा राजामहाराजा ल्याउन खोजेको आरोप लगाएका छन् । आज गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनविरोधी पक्षले राजामहाराजा ल्याउन खोजेको आरोप लगाएक हुन् ।

मंसिर ४ को चुनावले देशलाई अघि लैजाने की अझै पछि धकेल्ने भन्ने फैसला गर्ने भएकाले सुझबुझका साथ सत्ता गठबन्धनलाई मतदान गरेर विजयी गराउन आग्रह समेत गरे ।

चुनावमा परिवर्तन पक्षधर र विरोधी पक्षबीच लडाई हुने भएकाले संविधानमा ब्यवस्था गरिएका जनताका हकअधिकारको रक्षा गर्दै विकास र समृद्धीका लागि सत्ता गठबन्धनले जित्नैपर्ने बताए ।

परिर्वतनविरोधी पक्षले सत्तामा रहँदा संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास गरेपनि आफूहरूले त्यसलाई असफल बनाइदिएको प्रचण्डको भनाई छ। गोरखा- २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए । उनले आफ्नो एउटै मात्र सपना गोरखाबाट देशको आर्थिक सम्बृद्धिको सुरुवात गर्ने र त्यो सम्बृद्धि विश्वले देख्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार