लोकतन्त्र, शान्ति र संविधान जोगाउन पनि सत्ता गठबन्धन जित्नैपर्छ – प्रचण्ड


गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्रचण्डले लोकतन्त्र, शान्ति र संविधान जोगाउन गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । गोरखाको जौबारीमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपनैृ बताएका हुन् । मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह पनि भएको प्रचण्डले बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको बताए । राष्ट्रिय एकताका साथै देशमा विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

देशलाई फेरि निरंकुशता, सामन्तवाद, अराजकता र अध्यारोतर्फ लैजान अर्को गठबन्धन पनि रहेकाले यो परिर्बतन र परिर्बतनविरोधी पक्ष बीचको जनमत संग्रह पनि भएको उनको बताए ।

‘एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउन, जनताका अधिकार खोस्न लागिपरेका छन्, तर हामी संविधानको रक्षा गरेर देश्लाई विकास र समृद्धीतर्फ लैजाने पक्षमा छौ। देशलाई फेरि निरंकुशता, सामन्तवाद र अध्यारोतर्फ लैजाने र संविधानको रक्षा गर्दै विकास र समृद्धीतर्फ देशलाई लैजाने पक्षबीच यो जनमत संग्रह पनि हो, त्यसैले जनताले विवेक गर्नेछन भन्नेमा म विश्वस्त छु’, प्रचण्डले भने ।

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी गनाउनुपर्ने आवश्यकता रहेको बताए।

प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिदै भने, ‘दलहरुको बीचमा कटुता होइन,सहमति, सहकार्य र एकता अगाडी बढ्दैछ। हिजो गिरिजाप्रसाद कोइरालाले पनि पटक पटक सहमति, सहकार्य र एकतामै जोड दिनुभएको थियो । मैले पनि यही कुरा भन्ने गरेको छु, काँग्रेस, माओवादी लगायतको गठबन्धन लोकतन्त्र, विकास र सम्बृद्धिका लागि आवश्यक हो । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार