‘केपी ओलीसँग एकता गरेर ज्ञान पाइसके, अब त्यस्तो गर्दिन यहि गठबन्धन २० वर्ष रहन्छ’


लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन निरन्तर २० वर्षसम्म रहने बताएका छन्। लमजुङको राइनासमा आज सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग पार्टी एकता गरेर ज्ञान पाइसकेकाले अब त्यस्तो नगर्ने र यहि सत्ता गठबधन्धनलाई आगामी १५/२० बर्षसम्म कायम राख्ने बताएका हुन् ।

कतिपयले चुनावपछि गठबन्धन के हुन्छ ? भन्दै प्रश्न गरिरहेकाले गठबन्धन कम्तिमा १५/२० वर्षसम्म निरन्तर कायम रहने उनले बताए । देशमा तिर्व विकास र समृद्धि ल्याउन वहुमतको सरकार आवश्यक हुने भएकाले सत्ता गठबन्धनलाई मसिर ४ गतेको चुनावमा वहुमतले जिताउन आग्रह पनि गरे ।

अध्यक्ष प्रचण्डले जबसम्म संविधान, लोकतन्त्र र जनताले पाएको अधिकारमाथि खतरा रहिराख्छ, तबसम्म सत्ता गठबन्धन कायम रहने थप प्रष्ट पारे ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र आफु देशका विभिन्न ठाँउमा चुनावी सभालाई संगै संवोधन गरिरहेकाले जनताको ठुलो साथ सर्मथन गठबन्धनलाई रहेकाले जित सुनिश्चित रहेको दावी पनि गरे ।

अध्यक्ष प्रचण्डले निरंकुश ब्यवस्था फाल्न जसरी सम्पुर्ण जनता एकजुट भए त्यसरी नै देशको अवस्था बदलेर विकास र समृद्धि ल्याउन सबै एकजुट भई गठबन्धन जिताउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार