काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न विवादले ठुलै रुप लियो । महानगरले बल प्रयोग गर्दा झडपसम्मका घटना हुँदा सुकुम्बासी बहश अहिले तातेको छ । यहिबीचमा मेयर बालेनले थालेको सुकुम्बासी बस्ती हटाउन कार्यको सर्मथन गर्दै महानगरपालिका कार्यालय अगाडि आज प्रदर्शन नै गरिएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरलाई ज्ञापनपत्र बुझाउँदै थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग समेत गरेका हुन । उनिहरुले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर सक्कली सुकुम्बासीको ब्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर महानगर कार्यालय अगाडी पुगेका प्रर्दशनकारीले कथित सुकुम्बासीको घर टहरा हटाई, राजधानीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नमा महानगर एक इन्च पनि पछि हट्न नहुने बताएका छन् ।
महानगरलाई बुझइएको ज्ञापनपत्र पढ्नुहोस