काठमाडाैं । धेरै जसाे राति सुतेको बेला अथवा आराम गरिरहेको बेला खुट्टा बाउँडिने गर्दछ । यो बेला अत्यन्त दुखाई पनि हुन्छ । सामान्य तया खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनेर बुझिन्छ । तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ।
पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ।
विभिन्न कारणले गर्दा यो समस्या देखिन्छ ।
१. पोषक तत्वको अभाव
२. लामो समयसम्म उभिँदा
३. जलवियोनन
४. गर्भवती
५. हाइपो थाइराइड
६. अनियन्त्रित मधुमेह
७. मध्यपानको प्रयोग
८.केही औषधि
यस्तो समस्याको रोकथाम कसरी गर्ने त ?
१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।
२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।
३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।
४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।
५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।
६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।
७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।
८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।
९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा ९फलफूल, गेडागुडी आदि० प्रशस्त खाने।
१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।