‘सरकार गठबन्धनकै बन्छ,आवश्यक परे माओवादीले नेतृत्व लिनसक्छ’


पोखरा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको नयां सरकार बन्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका -१ लेवाडेमा एक विद्यालयमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी नयां सरकार पनि सा गठबन्धनकै बन्ने बताएक हुन्। सो ठाउँ प्रचण्डको जन्मस्थल पनि हो ।

उनले गठबन्धन नेताहरुबीच कसको नेतृत्वको नयां सरकार गठन गर्ने भन्ने निर्णय भइनसकेको पनि जानकारी दिए । अध्यक्ष प्रचण्डले आवश्यक परेकोखण्डमा नयां सरकारको नेतृत्व माओवादीले पनि लिनसक्ने बताए ।

नयां सरकार गठनबारे सामान्य छलफल लचेको भएपनि नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाई थियो । कांग्रेसको संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने उनले बताए ।
काँग्रेसमा सभापति शेरबहादुर देउवासगै महामन्त्री गगन थापा पनि ससदीय दलको नेता हुने र प्रधानमन्त्री बन्ने कोशिसमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार