रवि लामिछानेको सांसद र पार्टी सभापति पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट,अब के होला ?


काठमाडौं। नागरिकताको बिषयलाई लिएर रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो।

सिन्धुली घर भएका युवराज सफलले संवैधानिक लामिछानेको पार्टी सभापति र सांसद पद खारेजीको माग गर्दै आज रिट दायर गरेका हुन् ।
रिट निवेदनमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।

‘रबि लामिछानेले २०५० सालको नागरिकता नम्बर १८२२२ को नागरिकता (नेपाल नागरिक ऐन, २०६३ को दफा १०(१) बमोजिम कायम नरहेको नागरिकता) प्रयोग गरी दल दर्ता गराउने कार्य श्री निर्बाचन आयोगको त्रुटिले भएको हो भने सो त्रुटि तत्कालै सच्चाई निज रबि लामिछानेको उक्त दलको सदस्यता तत्कालै खारेज गरियोस । यदि निज रबि लामिछानेले श्री निर्बाचन आयोगलाई कायम नभएको नागरिकतालाई सद्धे हो वा कायम हो भनि भ्रममा पारि झुक्याई गफलतमा पारि राजनैतिक पद प्राप्त गरी धोका दिएका हुन् भने मुकुकी अपराध संहिता, २०७४ को दफा २४९ र २५२ बमोजिमको अपराध र निर्बाचन कसूर तथा सजाय ऐन २०७४ अन्तर्गत समेत कार्यबाही गरी वा कार्यबाही गर्न कानूनी प्रक्रिया तत्कालै शुरु गरी निजको उक्त दलमा रहेको सभापति एंब साधारण सदस्य समेतका सम्पूर्ण आबद्धता खारेज गर्न उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरी पाउँ’, रिट निवेदनमा उल्लेख छ ।

रिटको सारांश

भिडियो सामाग्रीहरु पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार