सीके राउतले सरकारसंग गरेका ११ बुँदे सहमति यस्ता छन (पुर्णपाठसहित)

एक विशेष र एतिहासिक दिन

काठमाडौं । फागुन २४ गते राष्टि«य राजनीतिका लागि एक विशेष र एतिहासिक दिन हुन गयो । विखण्डनकारीका रुपमा लिइएका डाक्टर सीके राउत फागुन २४ गते शुक्रबार दिउँसो सरकारसंग ११ बुँदे सहमती गरेर शान्तिपूर्ण ढंगले राष्टि«य राजनीतिमा फर्किएपछि आजको दिन बिशेष र एतिहासिक हुन भएको हो। जसलाई डा. राउतले स्वयमले पनि एतिहासिक दिन भनेका छन ।

राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी सरकार र डा. राउतबीच सम्झौता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड लगाएको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

देश टुक्राएर स्वतन्त्र मधेस बनाउने अभियानमा बिगत केहि बर्षदेखि लागेका डा. राउत हिजो (बिहीबार) मात्रै जेलबाट रिहा भएका थिए । राज्य विप्लवको मुद्दामा जेल पुर्पक्षका लागि जेल गएका उनलाई सर्वोच्च अदालतको आदेशपछि रिहा गरिएको थियो ।
सरकार र डा. राउतबीच भएको सहमति पत्रको (पूर्णपाठ) पढौं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार