‘बुढेसकाल लागेपछि कसले पाल्ने, कसरी बाँच्ने ? भन्ने चिन्ता थियो, अब त्यो अन्त्य भयो’


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुढेसकालको सहारा राज्य हुने बताएका छन्। आज काठमाडौंमा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले बुढेसकालको साहारा राज्य हुने बताएका हुन्।

‘युवा हुँदासम्म विदेशमा गएर रगत पसिना बगाउने अनि बुढेसकाल भएपछि कसले पाल्ने, कसरी बाँच्ने ? भन्ने चिन्ता थियो। अब त्यो अन्त्य भएको छ। त्यसको जिम्मा राज्यले लिनेछ’, मन्त्री कुँवरले भने ।

संविधानमा भएको व्यवस्था अनुसार नै सामाजिक सुरक्षा कोषलाई वृहत् गर्दै लगिएको उनको भनाइ छ। अत्यन्तै चिन्तित भएर लागेकाले यो क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सफल भएको मन्त्री कुँवरले बताए । सबैको सहयोग, चासो र मेहनतकै कारण आफुहरुले कार्यविधि ल्याउन सफल भएको उनले बताए । सार्वजनिक गरिएको कार्यविधि छिट्टै कार्यान्वयनमा जाने र त्यसका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने मन्त्री कुँवरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार