बिराटनगर । विप्लव नेतृत्वको नेकपामाथी सरकारले गरेको प्रतिबन्धको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस्रले भने सर्मथन गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिराटनगरमा संचारकर्मीसंग छोटो कुराकानी गर्दै भने, “विप्लव समूहले राजनितीका नाममा आतँक गरिरहेको छ, बम पड्काउने मान्छे मार्ने काम राजनितिक दलले गर्दैनन्, त्यसैले उनिहरुलाई प्रतिबन्धमात्रै होईन कारवाही नै गरिनुपर्छ ।”
आफ्ना कार्यकर्तालाई समेत विप्लव समुहले दुख दिने आक्रमण गर्ने गरेका कारण यो कानून विपरितका गतिविधि भएकाले सरकारले गरेको प्रतिबन्ध ठिक भएको उनको तर्क थियो ।
सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिविधी हिंसात्मक भएको भन्दै उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।
तर, विप्लव नेतृत्वको नेकपाका नेताहरुले यसलाई गम्भिररुपमा लिएको र सरकार आफुमाथि दमनमा उत्रिए त्यसको प्रतिकार गर्ने बताइरहेका छन । यद्यपी, विप्वलकातर्फबाट भने प्रतिबन्धबारे आधिकारीक धारणा आइसकेको छैन ।