काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । आज संसदमा भएको निर्वाचनमा १६६ मत पाएर राना मगर निर्वाचित भएकी हुन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए । जसमध्ये इन्दिराले १६६ र कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवले ९७ मत पाएकी थिइन् । निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसेका थिए।
इन्दिरालाई सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले साझा उम्मेदवार बनाएका थिए ।
उपसभामुख रानामगर अन्तर्रराष्ट्रिय स्तरमै समाजसेवीका रुपमा परिचित छन् । उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिदै आएकी छिन् । बालबालिकाको अधिकार, स्याहार र शिक्षा दिक्षामा सहयोगको भन्दै उनलाई विभिन्न अन्र्तराष्ट्रिय अर्वाडबाट समेत सम्मानित गरिएको छ ।