जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु गरी २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा गरेको थियो । जनयुद्ध सुरुवात गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउँदै आइएको छ । जनयुद्धको जगमा ठुलो राजनीतिक परिवर्तन भई देशमा सामन्ती राजतन्त्र हटेर संघीय गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता उपलब्धि हासिल भएको हुन् । जनयुद्ध र जनआन्दोलनको बलमा देशमा नयां राजनीतिक ब्यवस्था स्थापित भएको हो ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार