काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले पार्टीमा १६ जना केन्द्रीय सदस्य थप गरेको छ। केन्द्रिय सदस्यका लागि करिव १०० जनाको नाम सिफारिस भएको भएपनि त्यसमध्ये १६ जनालाई मनोनित गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार केन्द्रिय सदस्यमा मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् । थपिएका १६ जनासंगै अब रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।
भिडियो पनि हेरौं