नथिया प्रकरणः बौद्ध र इस्लाममाथी पनि अपमान

  चन्द्रेश्वर दास

सरस्वती प्रतिक्षा द्वारा लिखित बादी समुदायको विषयमा जोडेर लेखिएको विवादित उपन्यास “नथिया” ढिलै भएपनि पढे्ने अवसर मिल्यो । उक्त उपन्यासमा बाबुले छोरिको नथिया खोलेको (बलात्कार) प्रसंग जोडदारले आएको छ । जसमा आपत्ती जनाउंदै बादी समुदायले सर्वोच्च अदालतमा मुद्दा गरेपछि सर्वोच्चले पुस्तकलाइ संशोधन गरेर पुन: प्रकासन गर्न र बादी समुदायसंग माफी माग्न निर्देशनात्मक आदेश दियो । तर, उल्लेखित पुस्तकमा आपत्तिजनक धेरै प्रसंग बडों बेज्ज्तपुर्ण ढंगले उठाइएको पाइयो । बौद्ध तथा मुस्लिम समुदायलाइ पनि आपत्तिजनक टिका टिप्पणी नथिया उपन्यासमा गरिएको छ ।

नथियाको पेज नं. ५६ र ५७ मा बौद्ध भिक्षुले पटक-पटक बदिनीहरुको नथिया उतारेको प्रसंग उल्लेखित छ , जुन आफैमा आपत्तिजनक छ । त्यहां बौद्ध भिक्षुलाइ राक्षसको संज्ञा पनि दिएको छ ।

भिक्षुको सामान्य अर्थ पनि नबुझेकि लेखिकाले पंडित पुरोहितहरु पनि बदिनीसंग वेश्यावृति गर्न गएको उल्लेखित गरेको कतै पाइदैन । नथियाकी लेखिका सरस्वती प्रतिक्षा बौद्ध र इस्लाम धर्म विरोधी हुन भन्ने बुझाईलाई बल दिएको छ । उनको मानसिकतामै बौद्ध र इस्लाम अनुयायीहरु ब्यभिचारी र बेश्याबृतीमा लिप्त हुन्छन भन्ने नथियामा स्पष्ट बुझ्न सकिन्छ ।

उपन्यासको पेज नं १५८ मा मोहम्मद नाम गरेका व्यक्तिसंग “सामली” उपन्यासको प्रमुख पात्रले निकाह इस्लामि कानुन अनुसार विवाह गरेपनि लोग्ने मोहम्मदकै स्वीकृतिमा पुनः वेश्यावृति धंदा गरेको भनि उल्लेखित छ ।

त्यो घटनाले सरासर इस्लाम धर्ममाथी चिखो प्रहार गरेको छ । यसले राम्रो सन्देश दिदैन । मुसलमान पुरुषसंग निकाह गरेपछि कुनै महिला स्वतः मुसलमान बन्छिन तर यहां इस्लाम धर्मसमेतलाई मान मर्दन गरिएको छ ।

एक अर्को प्रसंगमा गाउँमा प्रतिष्ठित पुरोहितको पुत्र मणि पोख्रेल नामक व्यक्ति बदिनिलाई भोगेको सार्वजनिक भएपछि उनलाइ गाउँ र समाजबाटै निकाला गरिएको उल्लेखित छ । मानौ बदिनिहरुको वेश्यावृतिमा बाहुनहरु संलग्न हुनु अपराध हो र अन्यहरु चांहि गएको ठिकै हो भन्न खोजिएको देखिन्छ ।

बादी समुदायका महिलाहरु किन, कसरि वेश्यावृतिमा संलग्न भए, हुदैछन भन्ने यसको मुलकारणतर्फ कतैपनि ध्यान दिइएको छैन । पाठकलाइ मनोरंजन दिने मात्र लेखक लेखिकाको उदेश्य हुनु हुँदैन । त्यसले लेखक लेखिकाहरुको नै आयु घटाउने काम गर्छ ।

नथियामा पनि त्यहि देख्न सकिन्छ, पाठकलाई मनोरंजन दिने भन्दै एउटा सदियौं देखिको उत्पिडित समुदाय र अल्पसंख्यक सम्प्रदायमाथी प्रहार गर्दै साहित्यको सामाजिक दायित्व बिर्षर्दै अश्लीलताले नथिया भरेकी छन् लेखिका सरस्वती प्रतिक्षाले ।

यहाँ अहिले मैले नथियाको प्रसंग मात्रै उठाएको छु । तर बादी समुदायले आफ्नो आत्मसम्मानमा चोट पुर्याएको भन्दै नथिया लगायत विवेक ओझाको “ऐलानी” उपन्यास र चलचित्र “पण्डित बाजेको लौरी” बिरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका हुन ।

ऐलानी उपन्यास र पण्डित बाजेको लौरी चलचित्रले पनि बादी समुदायमाथी थप पिडा दिने र आत्मसम्मानमा चोट पुर्याउने काम गरेका छन । साहित्य र रंगमंचका नाममा यसरि कुनै समुदायमाथी नै अपमान र हेला गर्ने अधिकारी कसैलाई छैन । जुन कानुन विपरित पनि छ ।

हुन त बादी समुदाय लगायतको उत्पिडित समुदाय केहि व्यक्ति विशेष तथा दलित गैर सरकारी संस्थाहरुको कमाई खाने भाँडो नै बनिसकेको छ । त्यसकारण यस्ता समुदायहरुको समस्याको समाधान भन्दा पनि उनको समस्यालाइ खरिद बिक्री गर्नेहरु नै बढि देखिन्छ । किनकि उनिहरुको समस्यालाई देश विदेशसम्म बिक्री गर्न सकिन्छ ।

वेश्यावृतिको मुलजरो त हिन्दूधर्म हो । धर्मकै आडमा वेश्यावृति संरक्षित थियो भारतवर्षमा । नेपाल र भारतको मठ मंदिरमा कलिला बालिकाहरुलाई देवताको नाममा चढाउने र ति बालिकाहरुसंग मठ मंदिरका पुरोहित पुजारि मठाधिसहरुले यौन शोषण गर्ने पछि ति बालिकाहरुको उमेर बढ्दै गएपछि सार्वजनिक वेश्यावृतिमा ज़बरदस्ती धकेलिन्थ्यो ।

भारत र नेपालको मठ मंदिरमा अहिले पनि देवदासिको नाममा देवकि, देउकि, देउचेलि, देउति प्रथा पनि धार्मिक वेश्यावृति नै हो । जो अहिले पनि देख्न सकिन्छ।

प्रस्तुत उपन्यासमा देवदासि, देउकि चांहि धार्मिक व्यवस्था भएकोले त्यो भन्दा पनि निस्कृष्ट बादी महिलाहरुलाई नथिया उपन्यासमा देखाइएको छ ।

हिजो राजारजौटाहरुले मनोरंजनका साधनका रुपमा जसरि बादी समुदायका महिलाहरुलाई प्रयोग गरे त्यो  व्यवस्था पनि देवदासि प्रथाको निरंतरता नै हो । जुन कुरा नथिया उपन्यासमा उल्लेख गर्ने आँट लेखिकाले गरेकी छैनन्, उनले त कमजोर समुदायमाथी थप पीडा दिने कुचेष्टा गरेकी छन ।

(चन्द्रेश्वर दास, बिगत लामो समयदेखि दलित समुदायको सांस्कृतीक पहिचान र इतिहासको अनुसंन्धानदाता तथा मुलवासि बहुजनका अभियन्ता हुन ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार