लसुनका सात फाइदा

काठमाडौँ । हरेकको भान्सामा दैनिक जसो लसुनको प्रयोग गरिन्छ । हामीले खाने तरकारीमा तेलसँगै लसुन भुट्र्छौ भने ग्रेभी बनाउने मसलामा पनि लसुनको प्रयोग गछौं । लसुनले सबै खालका परिकारलाई स्वादिष्ट बनाउँछ ।

लसुनमा भएका गुणकारी तत्वले हाम्रो शरीरिरमा लाग्ने विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ ।

दैनिक जसो खानामा भन्दा पनि बिहानै उठेर खाली पेटमा एक गिलास मन्तातो पानीमा लसुन खानाले धेरै फाइदा पुग्छ । यसरी लसुन खानाले ग्याष्ट्कि पनि कम हुने चिकित्सकले बताउछन् ।

लसुनले गर्ने सात फाइदा

१) मुटु रहन्छ स्वस्थ
लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्ट अट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुगाउँछ । लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई दूर गर्छ ।

२) पेटको बिरामीहरु छूमन्तर
पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरुलाई बाहिर निकाल्न पनि मद्वत गर्छ ।

३) उच्च रक्तचापबाट छुटकारा
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

४) टेन्सन (तनाब)बाट छुट्टी
यो कुरा थाहा पाएर हामीलाई अचम्म लाग्न सक्छ कि लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हो, कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

५) रुघाखोकीमा राहत
लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।

६) दाँतको दुःखाईबाट छुटकारा
लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । यति मात्रै होइन खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।

७) पाचन प्रणालीमा सहयोगी
लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार