काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि दुबै महामन्त्रीलाई खटाएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १ र महामन्त्री गगन थापा र चितवन २ मा मा विश्वप्रकाश शर्मालाई खटाएको हो ।
उनीहरुलाई उपनिर्वाचनमा समन्वयको जिम्मेवारी दिइएको बताइएको छ । उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार उठाउने घोषणा गरेको छ । कांग्रेसले उपनिर्वाचन हुने अर्को क्षेत्र बारा २ मा भने जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।