बारा २ मा मतगणना सुरु

बारा । बारा २ मा मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा केहिबेर अघिबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना करैयामाई गाउँपालिकाको १ र सुवर्णपुर गाउँपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको छ ।

बारा २ मा सत्ता गठबन्धनकोबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र रास्वपाबाट रमेश खरेल उम्मेदवार छन् । यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको एकजना संघीय सांसदका लागि वैशाख १०गते उपनिर्वाचन भएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार