ओलीले भनेः ‘राजतन्त्र फटाहा, स्वार्थी, कि मूर्खले मान्छ’


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एमाले निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका हुन् ।

‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीले भने ।
राजतन्त्र मान्नेहरु विकाउ माल जस्तै भएको पनि उनले टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताहरु भएको आरोप लगाए।

‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ’, ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार