नेपाल र भारतबीच भएको ७ बुँदे सम्झौतामा के छ ?


काठमाडौं । नेपाल र भारतबीच सात सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज दुबै देशबीच सात बेँदे सम्झौता भएको हो । सम्झौतामा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ । सम्झौतापछि संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयबारे दुबै प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

भारत र नेपालबीच भएका सात बुँदे सहमति यस्ता छन्:

१- नेपाल–भारत पारवहन सम्झौता नवीकरण

२- अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

३- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४। चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

५- ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए

६- फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति

७- नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार