काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँचौ महिला साफ च्याम्पियनसिपको उपबिजेता महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
शनिबार विराटनगरमा भएको एन्फाको वार्षिक साधारण सभाको निर्णय अनुसार प्रत्येक खेलाडीहरुलाई नगद जनही एक लाख रुपैयाँबाट सम्मान गरिने भएको हो ।
यसअघि प्रदेश १ सरकारले पनि खेलाडीलाई एक लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
शुक्रबार बिराटनगरमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको थियो ।