‘रविले सुरु गरेको निशुल्क ‘ब्लु बस’ भोटको सस्तो राजनीति’


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीतिका लागि बस संचालन गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् ।

‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो, महासचिव पोखरेलले लेखेका छन्।’

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा महिलाका लागि भनेर निशुल्क ब्लु बस’ सुरु गरेका थिए । त्यही बिषयलाई लिएर पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न समेत गरेका छन् ।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने उनको भनाइ छ । महिलाका लागि सुरु गरिएको निशुल्क बसबारे सामाजिकसंजालमा विभिन्न टिकाटिप्प्णीहरु भइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार