काठमाडौं । कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासङ्घले मिसन टोली पठाएको छ । महासंघले पत्रकार विश्वकर्मालाई पक्राउ गरेको विषयमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको हो ।
कालिकोटको रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले चैत्र ७ गते रेडियोको स्टेशनबाटै पक्राउ गरेको महासङ्घका महासचिव रमेश विष्टले बताएका छन् ।
विष्टका अनुसार टोलीमा नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मी समेत संलग्न छन् । टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासन लगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ ।
प्रहरीले विना कारण विश्वकर्मालाई पक्राउ गर्नु गतल भएको पनि महासंघको ठहर छ । यो विषय छानविन गरीने बताइएको छ ।