एम्बुलेन्स फिर्तापछि रविले भनेः मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो जति विरोध गरे पनि नसक्ने बताएका छन् । उनले आफ्नो क्षेत्र चितवन २ मा संचालन गरेको एम्बुलेन्स र बसका बिषयमा भइरहेको विवादबारे यस्तो प्रतिकृया दिएका हुन् ।

उनले फेसबुक स्टाटसमार्फत आफुलाई प्राप्त भएको गाडी मात्र परिवर्तन भएको तर मोबाइल क्लिनिक चालू नै रहेको जानकारी दिएका छन् । सभापति लामिछानेले आजबाट चितवनको जुगेडी क्षेत्रमा बा आमाको सेवामा एम्बुलेन्स रहने बताए । उनले यो सेवा विस्तार गर्दै ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै थप २ वटा एम्बुलेन्स संचालन गर्ने पनि जानकारी दिएका छन् ।

त्यस्तै उनले महिलाका लागि भनेर निशुल्क भनेर संचालन गरेको ब्लु बसमा कुनै समस्या नभएको दावी गरेका छन् । तर, सभापति लामिछानेले निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । उनले आफ्नो पछि लाग्न छोडेर गाडीको पछि लागेको पनि बताएका छन् ।

रास्वपाले चितवनमा  ‘मोबाइल क्लिनिक’ भनेर संचालन गरेको एम्बुलेन्स विवादित बनेपछि फिर्ता गरेको छ ।
रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत पनि हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचेर ‘मोबाइल क्लिनिक’ भन्दै संचालनमा ल्याएपछि विवादित बनेको थियो ।

लामिछानेले स्टाटसमा यस्तो लेखेका छन्: ‘ कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।’

यो पनि पढ्नुहोस

विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार