गगन थापाको क्षेत्रमा बालनेको डोजर छिर्दै, कपन खोला खोतल्दै


काठमाडौं । काठमाडौं महानगरपालिकाले आज कपन खोला खोतल्ने भएको छ। शुक्रबार बिहान १० बजेबाट आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिएका छन्।

बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्न गएको थियो। तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास सफल हुन नसकेको वडाध्यक्ष होडाले बताए।

‘कपन सधैं डुबानको चपेटामा पर्ने गरेको छ । दुई वर्षअघि बाढीले बालक हराएको थियो भने, अहिले पनि अलिकति पानी पर्नेबित्तिकै घर -घरमा पानी पस्ने समस्या छ । त्यसैले यसको दीर्घकालीन समाधानका लागि खोला खोतन लागिएको बताइएको छ ।

बाढी नियन्त्रणका लागि भनेर संघ सरकारले २८ करोड र प्रदेशले ३२ करोड हाराहारी बजेट छुट्टयाएको बताए। टेन्डर भएर काम पनि सुरू भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार