काठमाडौँ । संघीय सांसद गगन थापाले सबै भ्रष्टाचारका फायल खोल्नु पर्ने बताएका छन् । झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सुनकाण्ड, ललिता निवास जग्गा प्रकरणसंगै अब यति–ओम्नी, गिरीबन्धु टिस्ट्रेट लगायत सबै भ्रष्टाचार फायल खोलिनु पर्ने बताएका हुन् । उनले विभिन्न घटनामा संलग्न सबै नेताहरू कारबाहीको दायरामा आउनै पर्नेमा जोड दिए ।
भ्रष्टाचार काण्डमा कसैलाई बचाउने र कसैलाई कारवाही गर्ने काम भएमा बर्तमान सरकारमाथि नै अविश्वास पैदा हुने उनको भनाई छ ।
नेता थापाले यति–ओम्नी, सुन काण्ड, ललिता निवास प्रकरण, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने पक्षमा कांग्रेस दरो भएर उभिनुपर्ने पनि बताए ।
सरकारले भुटानी शरणार्थी र सुन काण्डलगायतको छानबिन गरिरहेको प्रहरी नेतृत्वको सरुवा गर्ने तयारी हो भने त्यो उचित नहुने पनिउनको धारणा छ ।