समाजवादी मोर्चाले सात वटै प्रदेशमा घोषणासभा गर्ने


काठमाडौं । समाजवादी मोर्चाले सात वटै प्रदेशमा घोषणासभा गर्ने भएको छ । चार दल सम्मिलित मोर्चाको आज एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकले सबै प्रदेशमा घोषणासभा गर्ने निर्णय गरेको हो ।

बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको बताइएको छ।

मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले उक्त सभालाई ‘सन्देश सभा’ भनेर नाम दिएको छ ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार