धरानमा डेंगीले सताएपछि काठमाडौंमा बालेनको एक्सन


काठमाडौं । काठमाडौमा डेंगी रोग फैलन नदिन महानगरले विशेष अभियानको तयारी गरेको छ । लाम्खुट्टेको लार्भा नस्ट गर्न महानगरले नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) छर्कने तयारी गरेको हो ।यो लामखुट्टे नष्ट गर्ने एक जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य मानव, पशुपंक्षी, जिवजनावरु कसैलाई पनि हानी नगर्ने महानगरले जनाएको छ।

महानगरका मेयर बालेन शाहले जनाएअनुसार लार्भा नष्ट गर्न औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्ने र यसबाट उसको पाचन प्रक्रिया नष्ट हुने गर्छ। यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्ने मेयर शाहले जानकारी दिएका छन् । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने महानगरले बताएको छ ।

यससँगै डेंगी रोगको बारेमा परामर्श दिन महानगरले निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा रहेको समेत जनाएको छ। बिरामी भएर अस्पताल जानु परेमा १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको मेयर शाहले जानकारी दिएका छन् ।

भिडियो समाग्री पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार