काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घोबी खोला छेउमा रहेका नक्साविपरीत संरचनाहरु भत्काएको छ । महानगरको डोजरले आइतबार अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्सा विपरीत बनेका संरचनाहरु भत्काएको हो ।
काडमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई अझै कायम राखेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।
महानगरले अझै पनि आफ्नो क्षेत्रमा पर्ने खोला छेउका संरचनालाई भत्काउने काम जारी रहेको जनाएको छ । कतिपय ठाउँमा स्थानीयले विरोध गरेपनि नियम विपरीत विना नक्सा बनाएका संचरनालाई भत्काएर छोड्ने महानगरको अडान छ ।