नेपाली सेनाका गुल्मपति पण्डित दुई दिनदेखि सम्पर्कविहीन


डोल्पा । नेपाली सेनाका गुल्मपति विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । डोल्पाको सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइबार साँझदेखि सम्पर्कविहीन भएका हुन्।

आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानस म्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। उनले हराएदेखि दिन रात खोजी कार्य जारी राखेको बताए ।

प्रजिअ पोखरेलका अनुसार गुल्मपति पण्डित आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए। मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको उनले बताए।

पण्डित आइतबार अपराह्न ४ः५५ बजे ब्यारेकबाट निस्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार