अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आएपनि छोड्न आवश्यक छैनः प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धान गर्दा प्रधानमन्त्रीको नाम नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् ।

मंगलबार संसदमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार सामाजिक सेवा र शुसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराएका छन् । दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको भन्दै प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’

सरकार गठन भएदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको पनि दाबी गरे ।

दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा प्रभाव परेको भन्दै उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन ।’

पछिल्लो समय सार्वजनिक सेवामा जनताले भोगेका सास्तीलाई उल्लेख्य मात्रामा कमी ल्याएको जानकारी उनले सदनमा गराएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार