काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको नयां नक्सबारे छिमेकी चीनलाई कुनै पत्राचार गरेको नपाइएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयां नक्साबारे छिमेकी चीनलाई पत्राचार गरेर जानकारी दिइएको कुनै रेकर्ड नभेटिएको बताएका हुन् ।
मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा त्यस्तो पत्राचारको गरेको कुनै रेकर्ड नभेटिएको उनले प्रष्ट पारेका छन् ।
तात्कालिन केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ मा जारी गरेको नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेको थियो ।
सरकारको तर्फबाट परराष्ट्रमन्त्रालयले छिमेकी देशहरु लगायत सम्बन्ध राख्ने निकायमा नयां नक्साबारे कुटनितीक पत्र पठाएर जानकारी गराउनु पर्ने हुन्छ ।
तात्कालिन ओली नेतृत्वको सरकारमा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए । तर, पूर्वमन्त्रि ज्ञावालीले आफुले त्यस्तो पत्र पठाएको दावी गरेका छन् ।
भारतले नेपालको भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको छ । त्यसैलाई समेटेर नयां नक्सा जारी गरिएको थियो ।
चीनलाई नयां नक्साबारे पत्र पठाएर जानकारी नदिएकाले उसको हालै जारी गरेको आफ्नो नक्सामा नेपालको नयां चुच्चे नक्सानराखेर पुरानै बुच्चे नक्सा राखेको छ । जसलाई लिएर नेपालमा विरोध भइरहेको छ ।
भिडियो पनि हेरौं