समाजवादी मोर्चाले हेटौंडामा सन्देश सभा गर्दै


काठमाडौं । समाजवादी मोर्चाले आज हेटौंडामा सन्देश सभा गर्दैछ । मोर्चाले बागमती प्रदेशस्तरीय सन्देश सभा अन्तरर्गत आज मकवानपुरको हेटौंडामा सभा गर्दै छ ।

सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको समेत घोषणा गरिने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार