आजदेखि सानेपामा बीपी साहित्य महोत्सव


काठमाडौ । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आजदेखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ सुरु हुदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो ।

महोत्सवमा बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । साथै लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् ।

तिन दिनसम्म चल्लने महोत्सवमा मार्क्स, गान्धी र बीपीका लोकतान्त्रिक समाजवादको खोजीको विषयमा आनन्दकुमारको प्रस्तुति रहनेछ । ‘परिवारले बुझेका बीपी’ शीर्षकको सेसनमा शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइराला मुख्य वक्ता रहनेछन् ।

पहिलो दिन उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।

यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको कार्यक्रम तयारी समितिका संयोजकसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् ।

उनले राजनीतिक दलभित्र मर्दै गएको वैचारिक शून्यतालाई जगाउन महोत्सवले टेवा पुर्‍याउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार