अन्ततः टुंगियो ‘एक भगवत् गीता’ फिल्मको विवाद


काठमाडौं । अन्तत ‘एक भगवत् गीता’ फिल्मको विवाद सहमतिमै टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा फिल्मको शीर्षक परिवर्तन गर्ने सहमति पछि विवाद टुंगिएको हो।

सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिएका छन् । सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघसंगठनले हस्ताक्षर गरेका छन् ।

भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो भने सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार