गृहमन्त्रि भन्छन्ः भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ


काठमाडौं । गृहममन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभा काठमाडौंमा सम्बोधन गर्दै उपप्रधानमनित्र समेत रहेका श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले भ्रष्टाचारविरोधी सरकारको कदमलाई जनताले समर्थन गरिरहेको समेत बताए । सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको रसुशासनको अभियान अगाडि नबढोस्भन्दै विभिन्न षडयन्त्र देखा परेको उनको भनाई छ ।
गृहमन्त्रि श्रेष्ठले सरकारविरुद्धका षड्यन्त्रहरुलाई असफल बनाएरै छाड्ने आश्वासन समेत दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार