‘निरंकुशताविरुद्ध लड्नेमाथि खुकुरी प्रहार सैह्य छैन्, इँटको जवाफ पत्थरले दिनुस’


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मोर्चाले आज विराटनगरमा गरेको सन्देश सभालाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका हुन्।

‘अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो’, उनले भने ।

गणतन्त्र ल्याउनेहरुमाथि खुकुरी प्रहार हुनु कुनै हालतमा सैह्य नहुने बताउँदै उनले सामाजिकसंजाल हेर्नै नसक्ने भएको पनि बताए ।

जहानिया राणा, निरंकुश राजतन्त्री शासनविरुद्ध लड्दै जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको प्रचण्डको भनाई थियो । उनले निरंकुशताका दलालहरुको चरित्र गुण्डाको भन्दा फरक नरहेको बताए ।

हिजोका निरंकुशतावादी मध्येकै एक ब्यक्तिले नेपाली कांग्रेसको सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको घटना सामान्य नभएको समेत प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पनि लाखौं जनता सडकमा ल्याउनु पर्ने बताए ।
सभालाई संवोधनगर्दै उनले भोलि सुदूरपश्चिममा कार्यक्रम गरेसँगै मोर्चाको सन्देश सभा अभियान सकिने र लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम तय गर्ने समेत जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार