परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । आज बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् ।

यही सेप्टेम्बर १४ मा हुने शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड पनि राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन यहि भदौ ३० गते अमेकिरा प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणमा परराष्ट्रमन्त्री साउद पनि सँगै रहने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार