काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबारमात्रै गरिने भएको छ ।
नेम्वाङको अन्त्येष्टिबारे आज एमालेले जारि गरेको विज्ञप्तिअनुसार बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । श्रद्धाञ्जलीका लागि भने भोली दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासल र त्यसपछि नेम्वाङको निवास बालुवाटारमा पार्थिव शरिर राखिने एमालेले जारि गरेको विज्ञप्तिमा उल्लेख छ । नेम्वाङ किरात धर्म संस्कृति मान्ने भएकाले सोहिअनुसार उनको निवासमा अन्तिम संस्कार कार्य गरिनेछ। उनको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने एमालेले जनाएको छ ।
आज आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेकाले उनको अन्त्येष्टि पशुपति आर्यघाटमै गरिनेछ। सरकारले उनको अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय पनि गरेको छ ।
उपाध्यक्ष नेम्वाङका छोराहरु विदेशमा रहेको र उनिहरु भोली अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार राखिने एमालेले जनाएको छ ।
एमालेको आज बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
नेता नेम्वाङको गए राति करिब १ बजे हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङका २ छोरा र २ छोरी छन् ।
जारि विज्ञप्ति