राष्ट्रपतिले गरे ६७० जनाको कैद सजाय माफी


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदको सजाय माफी गरेका छन् । उनले संविधान दिवस २०८० को अवसरमा ६ सय ७० जनाको कैदको सजाय माफी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बु समेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ गरी कूल ६७० जना कैदीहरूको कैद सजाय माफी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दिवसको अवसरमा हरेक वर्ष कैद सजाय माफी हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार