गगन थापाको अपिल : विद्यालय शिक्षा विधेयलाई संसदमा सच्याउने छौँ, विद्यालय बन्द नगरौँ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक महासंघलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई आग्रह गरेका हुन् ।

थापाले लेखेका छन्, विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ।

अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु, उनले जारी गरेको अपिलमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार