काठमाडौं महानगरपालिकाले ८९ विद्यालयमा खटायो नगरप्रहरी


काठमाडौं । काठमाडौं महानगरपालिकाको ८९ विद्यालयमा नगर प्रहरी खटाएको छ । शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन गरी रिपोटिङ गर्न नगर प्रहरी खटाएको हो ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका छन् । महानगरले यसअघि हिजै विद्यालय बन्द नगर्न अनुरोध गरेको थियो । महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताएका छन् । उनका अनुसार नगरभित्र नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएका छन् । नगरप्रहरीले विद्यालयको अनुगम गरेर महानगरलाई रिपोर्टिङ गर्ने छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार