शिक्षकका उपयुक्त माग सरकारले सम्बोधन गर्नुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गरे । उनले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताए ।

यद्यपि संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उनको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार