काठमाडौँ । तीन जना पत्रकारलाई ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ । श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेमा कृष्णसिंह धामी (काठमाडौँ), रुपा गहतराज (बाँके) र लक्ष्मण खनाल (संयुक्त अरब इमिरेट्स) रहेका छन् । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । उपत्यका, मोफसल र प्रवासमा रहेका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको समूहका अध्यक्ष सुनील न्यौपानेले बताए ।
उनीहरुलाई एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।