एमसीसी कार्यान्वयनमा गएपछि एमसीसी प्रमुख एलिस नेपाल आउँदै


काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउन लागेकी छन् । अमेरिकी दूतावासले जनाएअनुसार उनि आइतबार काठमाडौं आउन लागेकी हुन् ।

पाँच दिनेनेपाल भ्रमणमा आउन लागेकी एमसीसी प्रमुख एलिसले काठाडौंमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने तालिका छ।
भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने दुतावासले जनाएको छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनमा गएको हो । एमसीसी प्रमुख एलिस यसैको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

एमसीसीले आफ्नो पाँच वर्षे कार्यअविधमा नेपालमा उर्जा र सडकमा काम गर्नेछ ।
एमसीसी देशको हितमा नभएको भन्दै अहिले पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार