काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीचको छलफल समितिले घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो ।
चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण स्वास्थ्यकर्मीलाई काम गर्न वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह छलफलको निष्र्कष आएको समिति सभापति भानुभक्त जोशीले बताए ।
आज पनि आन्दोलनरत चिकित्सकहरुले नयाँबानेश्वर-माइतीघर सडकमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले स्वास्थ्यकर्मी माथिको कुटपिट बन्द हुनुपर्ने, दोषीलाई कडा सजाय हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउनु पर्ने लगाएतका माग राखेका छन् ।