सरकारलाई थाहा नदिएर गरिएको मूल्यवृद्धि प्रधानमन्त्रीद्धारा फिर्ता


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।
आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गराएको पनि स्पष्ट पारे । नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशन अनुसार काम गर्नुपर्ने बताए ।
नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

उनले आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको समेत संसदलाई जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार