काठमाडौँ मेडिकल कलेजका डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । कोठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेको प्रहरीले जनाएको छ।

मेडिकल कलेजका डाक्टर मनिष खड्काले बिरामीलाई समयमै जाँच नगरेको भन्दै उनिहरुले डाक्टरमाथि हातपात गरेको आरोप लागेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले बताए ।

उनका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काबो भनाई छ ।

डाक्टर खड्कामाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार