अनमोल केसीलाई अदालतले तीन दिन थुन्नु भनेको केहि घण्टामै प्रहरीले छोड्यो


काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले आइतबार राती हिरासतमुक्त गरेको हो ।
खोजेको बेला उपस्थित हुने गरी अभिनेता केसीलाई अभिभावकको जिम्मा लगाइएको परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
जिल्ला अदालतकाठमाडौले आइतबार साँझ उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर उनिमाथि लागेको आरोपबारे अनुसन्धान गर्न थप थुनामा राखिराख्नु आवश्यक नभएकौ भन्दै बोलाएको बेला अदालतमा उपस्थित हुनेगरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता ढुंगेलले बताए ।

नेपाली चलचित्र ‘रावायण’ का निर्मात्री सुप्रिया कटुवालले अभिनेता अनमोलले फिल्म खेल्नका लागि १० लाख अग्रिम लिएको तर फिल्म खेल्न नमानेको भन्दै प्रहरीमा विरुद्ध उजुरीदिएपछि उनि पक्राउ परेका थिए । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

अभिनेता केसीले प्रहरीसंगको वयानमा आफुलाई फिल्मको स्कृप्ट चित्त नबुझेकाले खेल्न अस्विकार गर्दै लिएको अग्रिम पैसा फिर्ता गर्न खोजे पनि निर्मात्री कटुवालले फिर्ता नलिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार