गौशालामा एक ब्यक्तिमाथि चक्कु प्रहार, पेस्तोल बरामद


काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गरेर भागेका ब्यक्तिको साथबाट घटनास्थलमा खसेको एकथान कटुवा पेस्तोल र गोली फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घाइते हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारी र घटनाबारे अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार