बाँके । बाँकेको नेपालगञ्जमा दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । समाजमा कुनै अपृय घटना नहोस र सामाजिक सद्भाव कायम रहिरहोस भन्ने उदेश्यले प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
जिल्ला प्राशसन कार्यालय बाँकेका अनुसार मिति असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्याली निकालेपछि ओमकार परिवार हिन्दु समाजले पनि र्यालीको निकालेपछि विवाद उत्पन्न भइ कर्फ्यू आदेश जारी गर्नु परेको हो ।
ओमकार परिवार हिन्दु समाजले आज निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनभएपछि सम्भावित जोखिम एवं शान्ति भंग हुन नदिन कर्फ्यू आदेश जारी गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
कर्फ्यू आदेशमा नेपालगञ्ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र अनिश्चितकालसम्मका लागि कसैले पनि भेला, सभा समारोह, जुलुस तथा र्याली, हुल हुज्जत र हिँड्डुल नगर्न आदेश भनिएको छ ।
त्यस्तो गरेको पाइएमा सुरक्षाकर्मीले बल प्रयोग गरेर कानुनअनुसार कारवाही गर्ने समेत स्थानिय प्रशासनले बताएको छ ।
जारि विज्ञप्ति पढौं